Sports

आर्सनल हारबाट जोगियो

Daily News Nepal

लन्डन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल हारबाट जोगिएको छ । शुक्रबार राति भएको खेलको अन्तिम समयमा दुई गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो । खेलमा आर्सनलले साउथाम्पटनसँग ३–३ को बराबरी खेलेको हो ।

खेलको पहिलो मिनेटमै कार्लोस अल्कारेजले गोल गर्दै साउथह्याम्पटनलाई सुरूवाती अग्रता दिलाए । १४ औं मिनेटमा थियो वाल्कोटले गोल गर्दै साउथह्याम्पटनलाई दोब्बर अग्रता दिलाए । २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा ल्याए ।

यस्तै, ६६ औं मिनेटमा डुजे कारले गोल गर्दै साउथह्याम्पटनलाई ३–१ को अग्रता दिलाए । ८८ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि ९० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई ३–३ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलको ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको सिटीको ७० अंक छ । साउथह्याम्पटन २४ अंक जोडेर पुछारमा रहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials