Sports

चेल्सीलाई पराजित गर्दै आर्सनल शिर्षस्थानमा उक्लियो

Daily News Nepal

लन्डन । इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको यो लगातार छैटौं हार हो । इमिरेट्स स्टेडियममा मंगलवार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफनो मजबुत पकड कामय गरेको थियाे 0।

खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाउन सुरु गरे । त्यसको १३ मिनेट पछि अर्थात ३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारिदिए । 

आर्सनल यतिमा नै रोकिएन, दोस्रो गोल गरेको १ मिनेट पछि अर्थात ३४औं मिनेटमा जेससले थप गोल गरे पछि पहिलो हाफमै आर्सनलले ३–० को को राम्रो पकड लिन सफल भयो । उता, दोस्रो हाफको ६५औ मिनेटमा चेल्सीका लागि नोनीले गोल फर्काए पछि खेल ३–१ को स्थितिमा रहन पुग्यो । त्यसपछि एक अर्काको पोष्टमा गोल गर्नका लागि दुवै टिमले प्रयास गरे पनि सफल भएनन । अन्ततः ३–१ को अन्तरले आर्सनल बिजयी भयो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३४ खेलबाट ७८ अंक बटुलेको छ भने पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा सिमित रहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials