Sports

एभर्टनलाई हराउँदै सिटी शीर्ष चारमा

Daily News Nepal

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले एभर्टनविरुद्ध ३–१ गोल अन्तरको सहज जित हात पारेको हो । जितसंगै सिटी लिगको शीर्ष चारमा प्रवेश गरेको छ ।

पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थाबाट कमब्याक गर्दै सिटीले जित हासिल गरेको हो । २९ औं मिनेटमा ज्याक हारिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए तर ५३ औं मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए । ६४ औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दा सिटी २–१ ले अघि बढ्यो । त्यसपछि बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

यो जितपछि म्यानचेस्टर सिटी १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । एभर्टन १९ खेलमा १६ अंकसहित लिगमा १७ औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा बेन्टफर्टले उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । बेन्टफर्ट १८ खेलमा १९ अंकसहित १४ औं स्थानमा छ । १९ खेल खेलेको उल्भ्सको २५ अंक छ । उल्भ्स लिगको ११ औं स्थानमा छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials