Sports

सिटी पहिलो पटक क्लब विश्वकपको फाइनलमा

Daily News Nepal

लन्डन । म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा उरावा रेड्सलाई हराउँदै सिटी सिटी इतिहासमा पहिलो पटक क्लब विश्वकपको फाइनल पुगेको हो ।

जापानी टोली उरावले उत्कृष्ट डिफेन्सिङ सेटअप बनाए पनि पहिलो हाफको इन्ज्युरी समयमा मारियस हेइब्रोकनले आत्मघाती गोल गरे । यही गोलपछि सिटीले अग्रता बनाउन सक्यो । दोस्रा हाफमा हाभी भएको सिटीका लागि मातेयो कोभासिचले गोल गरे । काइल वाल्करले दिएको पासमा अनमार्क रहेका कोभासिचले गोलकिपरलाई बिट गर्दै गोल गरे ।

त्यसैगरी पोर्चुगिज मिडफिल्डर बर्नान्डो सिल्भाले खेलको ५९ औं मिनेटमा अग्रता ३–० मा पुर्‍याएका थिए। त्यही अग्रता जोगाउँदै सिटीले जित दर्ता गरेको हो । जितपछि प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीले इतिहासमै सबैभन्दा फरक अनुभूति गर्ने दाबी गरेका छन् । ग्वार्डिओलाले यसअघि दुई पटक बार्सिलोनाको टिमबाट क्लब विश्वकपको उपाधि जितिसकेका छन्।

अब म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिली च्याम्पियन फ्लुमिनेन्सको सामना गर्नेछ। फ्लुमिनेन्सले अघिल्लो खेलमा इजिप्टको अल आलीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल आउँदो शुक्रबार साउदी अरेबियामा हुनेछ । सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस टोली बन्न चाहन्छ । यसअघि म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीले विश्वकप जितेका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials