Sports

सिटी युरोपियन च्याम्पियन लिगको फाइनलमा

Daily News Nepal

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता रियल म्याड्रिडमाथि ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए, त्यसपछि लगत्तै ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा नै सिटीको अग्रता २–० ले दोब्बर पारिदिए ।

उता, दोस्रो हाफको ७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी ३–० को सहज जिततर्फ अघि बढयो भने इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटी ४–० को अग्रता लिन सफल भयो । अन्ततः सिटीले ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै फाइनल सुनिश्चित गर्न सफल भयो ।

सिटी दोस्रो पटक फाइनल पुगेको हो । यसअघि सन् २०२१ मा सिटी उपाधि भिडन्तमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीसंग पराजित भएको थियो । गत सिजन सिटी सेमिफाइनलमा रियालसँगै स्तब्ध बनेको थियो । अहिलेसम्म च्याम्पियन्स लिग जित्न नसकेको सिटी र इटालियन क्लब इन्टर मिलानबीच टर्कीको इस्तानबुलमा १० जुनमा प्रतिस्पर्धा हुनेछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials