Sports

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा क्रिकेट प्रतियोगिता सुरु

Daily News Nepal

चितवन । चितवन धुर्मुस-सुन्तली फाउण्डेसनले जनसहभागिताबाट निर्माण गर्ने भनेर बीचमै अलपत्र छोडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा क्रिकेट प्रतियोगिता सुरु गरिएको छ ।

बागमती प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३९ प्रतिशत लागत साझेदारीमा झारपातले छापेर जंगल बनेको रंगशालामा झाडी फाडेर सफा गरिएपछि क्रिकेट खेलाउन थालिएको हो । अलपत्र परेको लामो समयसम्म काम अघि नबढ्दा कुरुप भएको रंगशालामा झाडी फाँड्ने काम भने जारी नै छ ।

झाडी फाडेर चिटिक्क बनाइएको रंगशालाको नमुना मैदानमा बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच बलिङ्ग र ब्याटिङ गरेर भरतपुर महानगरकी नगरप्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख दाहालले एक महिनाभित्र रंगशाला निर्माणको काम सुरु हुने बताइन । रंगशालामा उठेको जग्गा विवादबारे बोल्दै उनले भनिन्, ‘जग्गाको विषय हामीले केही हप्ताभित्रै टुंग्याउछौँ,’ ‘रंगशाला चितवनको मात्र नभई देशकै गौरव हो, यसको निर्माण सम्पन्न गर्नु महानगरसहित सम्पूर्ण नगरवासीको त्यत्तिकै तदारुकता आवश्यक छ ।’

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials