Sports

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनल नजिक

Daily News Nepal

लन्डन । इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो । बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए । 

पहिलो हाफमा नै २–० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन । दुवैतर्फवाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर बिजयी भयो ।  यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials