Sports

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

Daily News Nepal

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको छ । गएराती समपन्न खेलमा युभेन्टसले सालेरनिटानालाई ६-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको हो ।

युभेन्टसको जितमा फाबिओ मिरेट्टी, आन्द्रे काम्बियासो, डानीएले रुगानी केनान यिल्डिज र् टिमोथी वीहले एक एक गोल गरेका थिए भने एक गोल सालेरनिटानाका डिलान ब्रोनले आत्मघाती गोल गरेका थिए । 

त्यस्तै सालेरनिटानाका लागि एक गोल इकवुएमेसीले गरेका थिए ।

यो जितपछि अब क्वाटरफाइनलमा युभेन्टसले फ्रोसिनोनेको सामना गर्ने छ । त्यस्तै क्वाटरफाइनलका अन्य खेलमा फिओरेंटीनाले बोलोंगा, लाजियोले एएस रोमा र् एसी मिलानले एटलान्टाको सामना गर्ने छ ।

क्वाटरफाइनलका खेलहरु जनवरी ९, १० र ११ मा हुने छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials