Sports

कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई

Daily News Nepal

काठमाडौं । ११ औं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश पाल र राजपुरा पछाईंले जितेका छन् ।

निर्धारित २१.१ किलोमिटरको दूरी नेपाल आर्मी क्लबका मुकेशले १ घण्टा ६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि हात परेका हुन् । १ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै आर्मीकै राजन रोकाय दोस्रो भए । भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए । उनले १ घण्टा ९ मिनेट १८ सेकेण्डमा दौड पूरा गरेका थिए ।

त्यस्तै, खड्कबहादुर खड्काले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दूरी पार गर्दै चौथो भए भने १ घन्टा १० मिनेट ५२ सेकेण्डमा दूरी पार गर्दै गजेन्द्र राईले पाचौं भए ।

महिलातर्फ राजपुराले पछाईंले उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता नेपाल पुलिस क्लबकी राजपुराले १ घण्टा १९ मिनेट १६ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । उनले गत वर्ष १ घण्टा १९ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेकी थिइन् ।

१ घण्टा २३ मिनेट ०७ सेकेण्डमा दूरी पार गरेकी राममाया बुढा दोस्रो भइन् भने पुष्पा भण्डारी तेस्रो भइन् । उनले १ घन्टा २४ मिनेट ३१ सेकेण्डेमा दूरी पार गरेकी थिइन् ।

पूर्णराज्य लक्ष्मी न्यौपाने १ घण्टा २६ मिनेट २३ सेकेण्डका साथ चौथो र गीता विक १ घण्टा २९ मिनेट ३६ सेकेण्डका साथ पाँचौं भइन् । त्यस्तै सुमित्रा चौधरीले १ घन्टा ३० मिनेट ९ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै छैंटौं स्थान हासिल गरेकी छिन् ।

हाफ म्याराथन पुरुष र महिला दुवैको विजेताले जनही १ लाख पाउने छन् । त्यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

त्यस्तै, कर्पोरेट रनमा सुनिता मर्हजन र विकेश घिमिरे पहिलो भए । पहिलो पटक समावेश भएको विधा कलेज रनमा प्रकाश जंग कार्की र सुशन कार्कीले उपाधि जिते ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials