Sports

म्यानचेस्टर सिटी र इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

Daily News Nepal

लन्डन । इग्लिस क्लब म्यानचेस्टर सिटी र इटालिन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । सिटीले जर्मन क्लब बार्यर म्युनिखलाई पराजित गरेको हो भने मिलानले पोर्चुगल क्लब बेनिफिकालाई पराजित गरेको हो ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३–० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएकाे हाे ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले १–१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन । पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो । तर, पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

खेल रोमाञ्चाकारी र प्रतिस्पर्धात्मक हुदैँ जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १–१ को बराबरीमा पुग्यो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भएपनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।

१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो ।

खेल सुरु भएको १४औं मिनेटमा निकोला बरेल्ला गोलबाट इन्टरले अग्रता लिन सुरु गरेको थियो तर ३८औं मिनेटमा बेन्फिकाका फ्रेडरिकले गोल फर्काएर खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेर इन्टरले २–१ को अग्रताको स्थीतिमा लगिदिए र त्यसको १२ मिनेट पछि अर्थात ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३–१ को फराकिलो अग्रता कायम गर्न सक्यो ।

तर, इन्टरले लिएको अग्रता लामो समयसम्म टिक्न सकेन । ८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याई दिए, त्यसमाथी इन्ज्युरी समयको ५ औंं मिनेटमा पिटर मुसाले थप गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउन सफल भए ।

तर, पहिलो लेगमा पराजय भएका कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो भने पहिलो लेगमा २–० ले विजयी भएकाले इन्टरलाई भने सेमिफाइनलमा जान सजिलो भयो ।

सन् २००९–१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । १३ बर्ष पछि इन्टर सेमिफाइनलमा प्रवेश गरे पछि उसले च्याम्पियन हुनका लागि आफनो नयाँ रणनीति बनाउने जनाईएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials