Sports

९ विकेटले पीएनजीमाथि नेपालको शानदार जित

कुमार राउत

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि शानदार जित निकालेको छ ।  कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै भेट्याएको हो ।

नेपालका लागि सर्वाधिक आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहेका थिए । कुशल भुर्तेलले १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो । 

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।  

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials