Sports

रियय म्याड्रिड र एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

Daily News Nepal

लन्डन । स्पेनिस क्लब रियाल म्याड्रिड र इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार विहान सम्पन्न खेलमा रियालले इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गर्यो भने मिलानले अर्को इटालिन क्लब नेपोलीलाई १–१ बराबरीमा रोकेको थियो । मिलानले समग्रमा २–१ को नतिजा निकाल्दै १६ वर्षपछि च्याम्पियन्स लिगका सेमिफाइनल खेल पक्का गरेको हो ।

पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने उनै  रोड्रिगोले ८०औं मिनेटमा दोस्रो गोल गर्दै रियलको जित पक्का गर्दै क्लबलाई लिगको सेमिफाइनलमा प्रवेश गराए ।

यता, सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।  सम्पन्न क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेकाे भए पनि समग्रमा २–१ को जीत निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए । 

दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् तर खेल सकिनै लाग्दा ९० औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

 तर, यसअघि भएको खेलमा एसी मिलानले १–० को अन्तरले बिजयी भएको हुदाँ सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials