Sports

साफ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

Daily News Nepal

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ए मा परेको छ।

आयोजक भारतसमेत रहेको समूह ‘ए’ मा नेपाल परेको हो । नेपाल कठिन समूहमा परेको छ । भारत र नेपालसँगै यो समूहमा कुवेत र पाकिस्तान परेका छन् । माल्दिभ्समा भएको गत संस्करणको भारत विजेता टोली हो भने नेपाल उपविजेता टोली हो । फाइनलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको थियो ।

समूह ‘बी’ मा बंगलादेश, माल्दिभ्स, भुटान र लेबनान परेका छन् । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलोरमा हुनेछ ।

यस संस्करणको च्याम्पियनसिपमा ८ देशले सहभागिता जनाउने छन् । दक्षिण एसियाली मुलुक श्रीलंका फिफाको प्रतिबन्धमा रहेकाले यस संस्करणमा खेल्ने छैन । कुवेत र लेबनानले भने आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

१४ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना गर्ने जिम्मा पाएको बंगलादेश नसक्ने भएपछि भारतमा हुन लागेको हो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials