Sports

त्रिकोणात्मक टी-२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

Daily News Nepal

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने निर्णय गरेका छन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी गराएका हुन् ।

क्रिकेटर लामिछानेले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृखलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । उनले बिहीबार राती आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरू १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्को भेट नभए सम्म सबैलाई धन्यवाद।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials