Sports

सोमपालले क्यानडाको सिटी टी–ट्वान्टी लिग खेल्ने

Daily News Nepal

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको एक घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ मा सोमपाल खेल्ने पक्का भएको हो ।

उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ । सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी आबद्ध रहेका छन् । ६ टोलीको सहभागिता रहने सो लिग आगामी जुनमा आयोजना हुनेछ ।

लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने जनाइएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials