Sports

सन्दीपको मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

Daily News Nepal

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा उक्त मुद्दाको १६ नम्बरमा पेसी चढेको छ । उच्च अदालतले धरौटीमा छाड्ने फैसला गरेपछि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सँगै सन्दीपले पनि हिजो विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । यो निवेदनलाई पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टिममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

सन्दीपको निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लङ्घन गरी अपराधिका रूपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ । यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जान सक्नेछन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials