Sports

विश्वकपको एसिया क्षेत्र छनोट खेल नेपालमा हुने

Daily News Nepal

काठमाडौं । नेपालले टी–ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

क्यानका अनुसार प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials