Sports

नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी भिड्दै

Daily News Nepal

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको दोस्रो शृङ्खलाको उपाधिका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । फाइनल प्रतिस्पर्धा साँझ साँढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ ।

पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढीले फाइनल यात्रा तय गरेको हो । यसैगरी इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई हराउदै ललितपुर सिटीले उपाधि यात्रा तय गरेको हो ।

यसअघि पनि फाइनलमा पुगेको धनगढी यो पटक भने उपाधि जित्ने लक्ष्यमा छ । धनगढीका प्रशिक्षक युगल किशोर राईले आफ्नो टोली शारिरिक र मानिसक दुबै रुपमा तयार रहको तथा दुबै टोली उत्तिकै बलिया भएकाले प्रतिस्पर्धात्मक खेल हुने प्रतिक्रिया दिएका छन् ।

गत सिजन केही गल्तीका कारण उपाधि उचाल्नबाट चुकेको बताउँदै गल्तीहरुबाट सिक्दै अगाडि बढ्ने बताए । यस्तै धनगढीका कप्तान देवेन्द्र तामाङले यसपटक टोलीको लय उत्कृष्ट देखिएकाले जितका लागि मैदान उत्रिने प्रतिक्रिया दिएका छन् ।

फाइनल प्रतिस्पर्धाको अघिल्लो दिन हिजो आयोजकले ट्रफ्री सार्वजनिक गरेको थियो । लिगको उपाधि विजेताले ७० लाख नगत पुरस्कार प्राप्त गर्नेछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials