समाचार

प्रहरी नायव निरीक्षक आफ्नै घरमा मृत अबस्थामा

Daily News Nepal

भक्तपुर । नेपाल प्रहरी प्रधान कार्यालय १ नं गण नक्साल काठमाण्डौँमा दरबन्दी भई कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरमा मृत भेटिएका छन् ।

आज विहान सूर्यविनायक वडा नं ८ सिपाडोल टौखेल स्थित आफ्नै घरमा सई मृत भेटिएका हुन ।

सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त जगातीबाट घटना स्थल पुगेको प्रहरीले वर्ष ४४ को बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाले बताउनुभयो ।

घटनाको प्रारम्भिक कार्य सकिए पनि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials