DELL
समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

Daily News Nepal

काठमाडौं । पछिल्लो समय काठमाडौँमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।

कात्तिक मध्यसम्म डेङ्गीको जोखिम रहनसक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । काठमाण्डौ महानगरपालिकामा असोज पहिलो सातासम्म सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । तर अहिले एकाएक सङ्क्रमितको संख्या बढ्न थालेको छ ।

नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials