समाचार

सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक : मन्त्री चौधरी

Daily News Nepal

काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकुल असर पार्ने फोहोरमैलोको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमतिको आवश्यक्ता रहेको प्रष्ट्याउनुभएको हो ।

२८ औं महानगर दिवसको अवसर पारेर बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर शहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराउनु भयो ।

महानगरपालिकालाई बसोवासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाई महानगरवासीहरुको आधारभुत आवश्यक्ता परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहारमैलालगायतका समस्या समाधान गरी अघि बढ्न काठमाडौं महानगरपालिका सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले बसोवासयोग्य शहरको रुपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहो¥याउनु भयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials