समाचार

काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छ : सोविता गौतम

Daily News Nepal

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताउनुभएको छ । 

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताउनु भयो ।

उहाँले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताउनु भयो । यसको निम्ति आफूले सकेको भुमिका निभाउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘काठमाडौं महानगरपालिकाले कति कुराहरु कमाएको छ । कति कुराहरु गुमाएको छ । कति मौलिकताहरु गुमाएको छ । तर ति मौलिकताहरुलाई अब पुनःजीवित गर्नको निम्ति काठमाडौं महानगरपालिकाले हामीले देखिरहेका छौँ ।

विभिन्न प्रयासहरु गरिरहेको छ । ति पुनःजीवित गर्ने प्रयासहरुमा तपाई हामी सबैजनाले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ । आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुराहरुमा महानगरपालिका लगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुर्नजिर्वित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे जति भुमिका हुनसक्छ, मेरो जे जति भुमिका हुनसक्छ । त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु ।’


उहाँले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिनुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials