समाचार

मतदानको निर्धारित समय सकियो, ७ः५० बजे आयोगले पत्रकार सम्मेलन गर्ने

Daily News Nepal

काठमाडौं । निर्वाचन आयोगले आइतबार राति ७ः ५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ ।

आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन बोलाएको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

यद्यपि आशातीत मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials