समाचार

भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

Daily News Nepal

सुर्खेत । दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्।

‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्,’ ‘योगीका छोराले बताए, ‘अत्याधिक रगत बगेर श्रीमानकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालको भनाइ छ। प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्‍याएको र सीतालाई पक्राउ गरेको जनाएको छ। दुवै जनाले मदिरा सेवन गरेकाले के कारण विवाद भयो भन्ने थाहा नभएको नौमुले गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials