समाचार

अनलाइन क्यासिनको खेलाएको आरोपमा तीन जना पक्राउ

Daily News Nepal

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई हाल काठमाडौं-३२ कोटेश्वर बस्ने २५ वर्षीय पूजन साँवा, सर्लाही बागमती नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २१ वर्षीय निशानराज कार्की र सर्लाही बरथहवा नगरपालिका-११ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने २५ वर्षीय निशान गौतम रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अनलाइनमार्फत् विभिन्न खेलहरूमा बाजी राख्दा जितिन्छ भन्दै उनीहरूले सट्टेबाजी खेलाउने गरेको सूचना पाएपछि प्रहरी खोजीमा थियो।

उनीहरूले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डालगायत एप्लिकेसनमार्फत् अनलाइनमा जुवा खेलाउने गरेका थिए। पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials