Tourism

काठमाण्डौँमा अनुपम तलाउ : बागमतीमा स्वच्छ पानीको बहाव बढाउने तयारी

Daily News Nepal

काठमाण्डौँ । काठमाण्डौँ उपत्यकाको उत्तरपूर्वी उचाइमा मनै लोभ्याउने एउटा अनुपम तलाउ छ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको बाँध बाँधेर बनाइएको सुरम्य ताल समुन्द्री सतहबाट करिव २१ सय मिटरको उँचाइमा अवस्थित छ ।

यो नेपालकै संभवत मानव निर्मित पहिलो ठूलो तलाउ हो । काठमाडौंको सुन्दरीजलबाट १८ किलोमिटरको दूरीमा रमणीय र शान्त ठाउँमा जंगलको बीच भागमा सुन्दर तलाउ बनाइएको छ ।

वागमती नदीमा सफा पानीको वहाव बढाउने उद्धेश्यले बागमती धाप परियोजनाबाट तलाउको निर्माण गरिएको हो ।

कंक्रिटका स्ल्यावहरुलाई ठूला चट्टानी ढुंगा र माटोले अड्याएर CFRD (Concrete Face Rockfill Dam ) प्रविधिमा बाँधको निर्माण गरिएको छ । नेपालमा सीएफआरडी प्रविधिमा बनाइएको पनि यो पहिलो बाँध भएको बताइन्छ । त्यसैले यसलाई तलाउ भन्दा पनि प्राविधिक भाषामा ‘ड्याम’ भनिएको छ ।

सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमाना जोडिएको काठमाडौंको उत्तरपूर्वी भागमा तलाउ बनाइएको हो । बाँध बनाइएको ठाउँ बागमती नदीको मुहान पनि हो । एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको ड्याम, ४९ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । ड्याम १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ र यसको उचाई २४ मिटर रहेको छ ।

बाँध बँधिएको तालमा करिब १२ लाख घनमिटर पानी अट्ने क्षमता छ । ड्याममा जम्मा भएको पानी विशेष चाडपर्वहरुमा ४ सय लिटर प्रति सेकेन्डका दरले वागमती नदीमा प्रवाह गरिनेछ । सन् २०१५ देखि शुरु गरिएको बाँधको काम सकिएसंगै पवित्र वागमती नदीमा जलप्रवाह गर्ने तयारी गरिएको छ । अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समितिका अनुसार शिवरात्रीका दिन फागुन ६ गते वागमती नदीमा स्वच्छ पानी प्रवाह गरिने छ ।

नवनिर्मित ड्यामबाट पानी प्रवाह गरी उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले फागु ४ गते नै जलप्रवाहको शुभारम्भ गर्नुभएको छ । वागमती सभ्यताको संरक्षण एवं पवित्र वागमती नदीमा सफा जलप्रवाह गर्न धापको निर्माण गरिएको हो । विशेष पर्व र अवसरहरुका साथै वागमती नदीलाई सफा राख्न र सुख्खा याममा पनि जलप्रवाह गरिनेछ । यसबाट वागमती नदीमा सफा पानी बग्ने छ ।

त्यसैगरी निकुञ्जभित्रका वन्यजन्तुका लागि पनि पानीको प्रबन्ध हुनेछ । काठमाण्डौँ उपत्यकाको नजिकै भएकाले नयाँ तर आकर्षक पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावनालाई पनि बढाइदिएको छ । शिवपुरी नागार्जुन क्षेत्र भित्रै अर्को नागमती ड्याम निर्माणको काम पनि थालनी भइसकेको अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समितिले जनाएको छ । दुई वटा ड्यामको निर्माण सम्पन्न भएपछि वागमती नदीमा पूर्ण रुपमा स्वच्छ पानी बगाउन सकिने छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials