समाचार

नेपालगन्जमा स्कारपियोले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Daily News Nepal

नेपालगन्ज । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने क्रममा बाँकेको नेपालगन्जमा स्कारपियो गाडीले पैदल हिँडिरहेकालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

आइबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै भएको दुर्घटनामा नेपालगन्जकी आस्था शाहको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । मृत्यु हुने अर्का एक पुरुषको परिचय खुलेको छैन ।

दुर्घटनामा सहाना शाह सिकिस्त घाइते भएकी छन् । उनको पनि नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण डाँगीले बताए । ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials