World News

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग

Daily News Nepal

मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको छ । पूर्वप्रधानमन्त्री मुहिद्दीनलाई शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको हो ।

विभिन्न चार अलग–अलग संस्थाबाट २३२.५ मिलियन रिङ्गिट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप मुहिद्दीनमाथि लागेको छ । त्यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दीनलाई कुल १९५ मिलियन रिङ्गिट घुस लिएको आरोप छ ।

मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दिनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र सोही अनुसारको जरिवाना हुनसक्छ ।

त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुनसक्छ । सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बन्नुभएका मुहिद्दीन पेरिकटन नेसनल पार्टीका अध्यक्ष हुनुहन्छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials