बाग्लुङ पन्चकोटमा हुने महायज्ञको सहयोगार्थ एनआरएनएद्वारा उच्चस्तरीय समिति गठन

बाग्लुङ पन्चकोटमा हुने महायज्ञको सहयोगार्थ एनआरएनएद्वारा उच्चस्तरीय समिति गठन
Published on
Updated on

लण्डन । बाग्लुङस्थित पन्चकोटमा आयोजना हुने महायज्ञको सहयोगार्थ गैरआवासीय नेपाली संघले एक उच्चस्तरिय समितिको गठन गरेको छ । यही आउने २०८० को फाल्गुण ९ देखी २३ गते (२१ फेब्रोवरी देखी मार्च ५ तारिख) सम्म सर्वसिद्धिधाम, पन्चकोट, बाग्लुङमा अनन्त श्री ब्रम्हाडीय महायज्ञ – २०८० को आयोजना हुदैछ ।

सो महायज्ञमा गैरआवासीय नेपालीहरुको सहभागीताको लागि संघले सल्लाहकार पण्डित चिरन्जीबी ढकालको संयोजकत्वमा समिति गठन गरेको हो । इतिहासमै प्रथमपटक विशालतम रूपमा सम्पन्न हुने सो श्रीमहायज्ञले वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको विज्ञानलाई वैश्विक जगतमा प्रकाशित गर्नुका साथै देवदेश नेपालको धार्मिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

संयोजक ढकालका अनुसार सो समितिको सदस्यको सदस्य सचिवमा भिम कमल केसी (प्रोतुगल) रहेका छन भने सदस्यहरुमा यसबिन बेगम (साउदी अरब), चिरञ्जीवी खड्का (चेक), रुविना शर्मा (बेल्जियम), देव बस्नेत (अमेरिका), कपिल देव थापा (जापान), मनोज श्रेष्ठ (गोर्खाली), भैरब ढकाल (अष्ट्रेलिया), लाल केसि (न्युजिल्यान्ड), बुद्धि डल्लाकोटि (अष्ट्रेलिया), टीका गुरुङ (हङकङ), गोकर्ण ढकाल (चीन) कोशलेश्वर ढकाल (यूके), लिला न्युउरे (आएरल्याण्ड), प्रशुना कडेल (युके), पारशमणी पोखरेल (जापान), एक नारायण चापागाईं (रसिया), कृष्ण तिमल्सीना (यूके) र चिरन शर्मा (यूके) रहेका छन् ।

‘श्री महायज्ञमा विदेशमा रहेका गैरआवासीय नेपालीहरु समेत सहभागी भई मातृऋण, पितृऋण, ऋषिऋण र राष्ट्रऋणबाट ऋण बनौं भन्ने आव्हानका साथ संयोजक ढकालले सो महायज्ञलाई सहयोगको लागि आग्रह गर्नुभएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com