लण्डन । मस्कोस्थित नेपाली दुतावासबासले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा सल्लाहकारहरुलाई सम्मान गरेको छ ।
रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधारले शनिवार मस्कोमा आयोजित एक समारोहकाबीच संघका अध्यक्ष डा. बद्री केसी लगायतलाई सम्मान गरे ।
सोही अवसरमा गैरआवासीय नेपाली संघका सल्लाहकार तथा अन्तराष्ट्रिय परिषदका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
डा. केसीले सो कार्यक्रममा बोल्दै संघका पछिल्ला गतिविधि तथा आगामी कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा राजदूत तुलाधारले नयाँ निर्वाचित संघको कार्यसमितिलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना दिए ।
समारोहमा मस्कोस्थित सामाजिक संघसँस्था तथा समाजसेवीहरुको उपस्थिति थियो ।