अमेरिकी अभिनेत्री अमान्डा सडकमा नग्न अवस्थामा फेला

अमेरिकी अभिनेत्री अमान्डा सडकमा नग्न अवस्थामा फेला
Published on
Updated on

अमेरिकी अभिनेत्री अमान्डा बायन्स बिना कपडा लस एन्जलसको सडकमा हिडिरहेको अवस्थामा फेला परेकी छिन् ।

अमान्डाले आफैंले प्राइभेट कारमा हिडिरहेको मानिसलाई रोकेर आपतकालीन नम्बर डायल गरेर मद्दतको लागि प्रहरीलाई बोलाएकी थिइन् । अमेरिकी प्रहरीले उनलाई उपचारका लागि एक अस्पतालको मानसिक वार्डमा भर्ना गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमान्डाले सडकमा हात देखाएर कार रोकिन् र ड्राइभरसँग मद्दत मागेकी थिइन् । उनले चालकलाई भनिन्– म मानसिक रोगबाट गुज्रिरहेको छु । मलाई सहयोग चाहियो चालकको सहयोगमा आफैंले ९११ मा फोन गरेर उनले प्रहरीलाई सहयोगको लागि बोलाएकी थिइन् ।

अमान्डा लामो समयदेखि आफ्नो परिवारबाट अलग रहेर सुधार गृहमा बस्दै आएकी छिन् । तर, करिब एक वर्षअघि अदालतले अमान्डालाई सुधार गृहबाट बाहिर जान अनुमति दिएको थियो ।

अमान्डाका पूर्व प्रेमी पल माइकलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अमान्डाले केही समयदेखि मानसिक राेगकाे औषधि नखाएको बताएका छन् ।

१९९९ र २००२ को बीचमा, १३ वर्षको उमेरमा अमान्डाले ‘द अमान्डा शो’को तीन सिजन होस्ट गरेकी थिइन् । उनले यही कमेडी शोबाट बाल कलाकारको रूपमा पहिचान पाएकी थिईन । अमान्डाले ‘फास्ट एन्ड फ्युरियस’, ‘हल पास’, ‘रोबोट्स’मा काम गरिसकेकी छिन् । ‘बिग फ्याट लायर’ जस्ता ठूला फिल्ममा पनि उनले काम गरिसकेकी छिन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com