‘नाङ्गो गाउँ’को गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक

‘नाङ्गो गाउँ’को गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक
Published on
Updated on

आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगर फिचर्ड छन् । यसअघि फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ निकै रुचाइएको छ । यो गीत चित्लाङमा छायांकन गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com