काठमाडौं । सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको छ ।
सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो । देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ ।
यसअघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए । पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो ।