काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा उपचार भइरहेको छ । उहाँको त्यहाँ क्वारेन्टिनमा उपचार सुरु गरिएको छ ।
पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ ।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ ।
निर्वाचनको धेपेडीका कारण रोग बल्झिएपछि उहाँ नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गर्नुभएको थियो । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुन पत्नी ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताउनुभयो ।