काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजनाको काम चाँडै सुुरु हुने बताउनुभएको छ ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनको क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको र चाँडै काम सुुरु हुने बताउनुभयो ।
उहाँले गौरिफन्टा सीमा नाका व्यवस्थापन तथा स्तरोन्नतिका लागि भारत सरकारसँग कुरा गरेको पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुुग्ने बताउनुभयो ।