काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अहिलेसम्म भएका भ्रष्टाचारको खोजि गरी कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्मका भ्रष्टाचारको खोजि गरेर कारबाही गर्ने हरेक कुरामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताउनु भयो ।
उहाँले सरकारले जनताको समृद्धिका लागि आगामी दिनमा काम गर्नुपर्ने पनि बताउनु भयो । उहाँले जनताले छिटो छरितो सेवासुविधा चाहेको भन्दै त्यसलाई मध्यनजर गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेता, राज्य र दलप्रति नागरिकहरुले विश्वास गुमाउँदै गएको बताउनु भयो । उहाँले अहिलेको निर्वाचन प्रणालीले कुनै एक दलको मात्रै सरकार बन्न नसक्ने दाबी गर्नुभयो ।
नेता भण्डारीले राज्यले विभिन्न पक्षसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।