काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
साथै, सभामुख देवराज घिमिरेले विद्युत् विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्येहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।