काठमाडौं । नेपाली काँग्रेसका सांसद डा। प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताउनु भयो । उहाँले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताउनु भयो ।
नेपाली काँग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल हुनुभएको बताउनु भयो ।