काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले आह्वान गर्नुभएको सर्वदलीय बैठक शुरु भएको छ ।
सभामुख भएपछि उहाँले पहिलो पटक संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाउनुभएको हो ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।
आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्र्वसन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाउनुभएको हो । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको थियो ।