काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पु¥याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताउनु भयो ।
उहाँले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताउनु भयो ।
उहाँले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ शुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।