काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका राष्ट्रिय सभाका दुई उम्मेदवार टुंगो लगाएको छ ।
बागमतीबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
यसअघि आइतबार बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवार छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । सोमबार बिहान छलफल गरी उम्मेदवार टुंगो लगाएको पाण्डेले जानकारी दिए ।
सत्ता गठबन्धनका चार दलबीच भागबण्डा गर्दा समाजवादीले राष्ट्रियसभाका रिक्त १९ मध्ये २ सिट पाउने सहमति भएको थियो । आगामी ११ माघमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।