सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक
Published on
Updated on

विश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गर्नुभएको हो ।

ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप सहितको लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक गर्दै इन्फान्टिनोले सरल रुपमा तयार भएको लोगोले सबैको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा अबको तीन वर्षपछि हुने प्रतियोगिताको फाइनल खेलको मिति पनि घोषणा गरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल सन् २०२६ को १९ जुलाई आइतबार हुनेछ । यो विश्वकपबाट फिफाले हाल रहेको सहभागी संख्या ३२ टोलीबाट बढाएर ४८ बनाएको छ । खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिने फिफाले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com