काठमाडौं । भारतको राजस्थानस्थित जोधपुरमा एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
जोधपुरको शेरगढ थाना इलाकामा हिजो बेलुका चार सिलेन्डर फुट्दा आगलागी भएको हो ।
प्रहरी थाना शेरगढ प्रभारी देवेन्द्र सिंहका अनुसार ग्यास लिक हुँदा सिलिन्डर विष्फोट भएका हो ।
विष्फोटमा परि ५५ जना जलेका थिए, जसलाई जोधपुरको एमबीएम अस्पतालमा भर्ना गरियो । भर्ना भएका मध्ये पाँचजनाको आज मृत्यु भएको होे ।
अस्पतालमा भर्ना भएका मध्ये २५ जना गम्भीर अवस्थाका छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।