एजेन्सी । जापानमा चलिरहेको कोरोना भाइरसको आठौँ लहरमा दुई लाख छ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।
गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि बढी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जापानमा हिजो एकैदिन २१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए ।
टोकियोसहित ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख सहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढिरहेका छन् ।